ई: लाई समर्थन गर्दै फुटपाथ व्यापारीको प्रश्न- बालेन- सुनिता तिमीहरुलाई मत र साथ दिनु के गल्ती नै थियो ?
काठमाडौं । गरिखान पाउँ भन्दै विस्थापित भएको फुटपाथ व्यापारीहरुले फेरि धर्ना दिएका छन् । फुटपाथ व्यापारीलाई व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका अभियन्ता ई: को समर्थन गदै उनीहरुले धर्ना सुरु गरेका हुन् ।
उनीहरु फुटपाथमा व्यापार गर्ने गर्थे । मेयर बालेन साहले फुटपाथमा व्यापार गर्नेहरुलाई हटाएपछि उनीहरु सडकमा उत्रिएका थिए ।
तर यसपटक उनीहरुको माग सम्बोधन माग गर्दै अभियन्ता ई लगायतका केही युवाहरु सडकमा आठ दिनदेखि लगातार उभिइरहेपछि उनीहरु फेरि धर्ना दिन पुगेका हुन् ।
उनीहरु गरिब होइन गरिबी हटाउ, सडक साइकल गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर, विकल्प देउ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौंमा किन सकिँदैन ? हाम्रो चिनारी क्रुरता कि करणा लगायतका नारा लेखेको प्लेकार्ड बोकेर सडकमा पुगेका छन् ।