दोहोरो अंकले बढ्यो शेयर बजार – Nepal Press

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ ।

साताको पहिलो दिनदेखि लगातार घट्दै गएको शेयर बजार आज १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ८७ लाख ४ हजार ४७७ कित्ता सेयरबो खरिदबिक्री हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

आज मेन्छियम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था, थ्रि स्टार हाइड्रोपावर र लक्ष्मी भ्यालू फण्ड२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा एनआईसी एसीया बैंक ८ करोड ३४ लाख ६६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर