आन्दोलनरत् डाक्टरसँग सरकारले थाल्यो वार्ता – Nepal Press

आन्दोलनरत् डाक्टरसँग सरकारले थाल्यो वार्ता

काठमाडौं । आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता थालेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा ३ बजेदेखि वार्ता चलिरहेको छ । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् । माइतीघरमा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राखेका थिए ।

डाक्टरले आन्दोलन थालेपछि सरकारले समाधानको खोजीका लागि वार्ता थालेको हो ।


प्रतिक्रिया

One thought on “आन्दोलनरत् डाक्टरसँग सरकारले थाल्यो वार्ता

  1. nothing going to happen..if you people only do barta Jaba samma senior kapal fule ko doctor le pitai khadainan taba samma yesti ho juniors Haru. Sabai politics cha

Leave a Reply

Your email address will not be published. Required fields are marked *