निजी क्षेत्रको अवस्था दर्दनाक छ : अध्यक्ष न्यौपाने – Nepal Press

निजी क्षेत्रको अवस्था दर्दनाक छ : अध्यक्ष न्यौपाने

कााठमाडौं । क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले समस्याबाट ग्रसीत भएको निजी क्षेत्रको अवस्था दर्दनाक रहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महाासंघद्वारा आयोजित ‘निजी क्षेत्रसंग नेकपा एमाले’ अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष न्यौपानेले समस्याबाट ग्रसित निजी क्षेत्रको अवस्था दर्दनाक रहेको बताएका हुन् ।

न्यौपानेले भने, ‘समस्याबाट ग्रसित भएको निजी क्षेत्रको अवस्था दर्दनाक छ । सबैको अनुहार निराश छ । हामीले अभिभावकको भूमिका निर्वाह गर्ने न सरकार पाएका छौं न विपक्ष न अन्य नयाँ खोजिएका दलहरुबाट नयाँ ताराहरु पाएका छौं । निजी क्षेत्रबाट क्रसर उद्योगले २०७० सालमा एउटा मापदण्ड ल्याइयो । त्यो मापदण्ड चन्द्रमामा मात्रै लागू हुन्छ । त्यस्तो मापदण्ड पास गर्नेहरुले प्रष्ट रुपमा नेपालका उद्योगहरुलाई विस्थापित गर्न किसिमले ल्याएका हुन् । अहिलेसम्म क्रसर उद्यगोहरुले कानूनी न्याय पाएका छैनन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर