सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुप उपाध्याय नियुक्त – Nepal Press

सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुप उपाध्याय नियुक्त

कैलाली । सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वसिंचाइ तथा ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष उपाध्यायले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष, बेतान कर्णाली ४३९ मेगावाट जलविद्युत आयोजनाको सहअध्यक्ष तथा पञ्चेश्वर विकास प्राधिकरण नेपालको राष्ट्रिय पावर ग्रिड कम्पनीलगायतमा आबद्ध भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *