डिलासैनीमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम अन्तरगत ६६७ परिवारलाई बीउबीजन वितरण – Nepal Press

डिलासैनीमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम अन्तरगत ६६७ परिवारलाई बीउबीजन वितरण

काठमाडौं । एक घर एक करेसाबारी कार्यक्रम अन्तरगत बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का ६६७ परिवारलाई बीउबीजन वितरण गरिएको छ ।

पालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार चार दिने अभियानका क्रममा ६६७ परिवारलाई विभिन्न तरकारीको बीउ वितरण गरिएको हो ।

अभियानको पहिलो दिने दौतला, रतपौडे, सिराड, पिपलधार, बासिगाऊँ, भट्याडी, टाणी, थाम र नागिनी टोलका १३० स्थानीय घर परवारलाई बीउबीजन वितरण गरिएको छ ।

दोस्रो दिन सेरा, पडिया, ओखलबाटा, लेट्ठेकोट, डाडापारि खोलीगाउँ, देवगाउँ र अराइन टोलका १९० परिवारलाई वितरण गरिएको थियो ।

यस्तै तेस्रो दिन गल्लेगाडा, धनसैनी, नगराउँ, बिनावस्ती, भैनथला, खाण, देसाली, जेबला, जुक्याउने, धारापानी र गोगुनखोला लगायतका टोलमा स्थानीयलाई बीउ वितरण गरिएको थियो ।

अभियानको अन्तिम दिन गोगुनखोला, तुसारी, ठूलो बस्ती, पूजरीगाउँ, झौलेक, बिनाबस्थी, लगायतका टोलका १७२ परिवारलाई वितरण गरिएको छ ।

कुनै परिवार छुट भएको भए वडा कार्यालयबाटै पाउने व्यवस्था गरिएको अध्यक्ष भट्टले बताए ।

अभियानका क्रममा वडा कार्यालयका पशु र कृषि प्राविधिकहरू घर घर पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *