तिलोत्तमामा घरघरमा गएर आर्थिक सहयोग उठाउन रोक – Nepal Press

तिलोत्तमामा घरघरमा गएर आर्थिक सहयोग उठाउन रोक

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलगायतका सिफारिस पत्र देखाइ घरघरमा आर्थिक सहयोग उठाउने कार्य नगर्न अनुरोध गरेको छ ।

मेयर रामकृष्ण खाणले विज्ञप्ति जारी गरी स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलगायतका सिफारिसपत्र देखाइ र नदेखाइ विभिन्न स्वास्थ्य समस्या (मृगौला पीडित, क्यान्सरलगायत रोगहरु) लागेको देखाएर टोल, बस्ती, घरघरमा गई आर्थिक सहयोग उठाउने, रसिद काट्नेलगायतका क्रियाकलाप गर्ने गरेको, आर्थिक सहयोगको लागि दबाबसमेत दिने गरेको पाइएको तथा कतिपय यस्ता व्यक्तिहरुबाट चोरीलगायतका घटना बढेको भन्दै नगरपालिका क्षेत्रभित्र यस्ता कार्य नगर्न तथा नगराउन अनुरोध गरेका हुन् ।

नपाको सूचनालाई बेवास्ता गरी विभिन्न बहानामा आर्थिक सहयोग उठाउने कार्य गरेको पाइएमा नियमानुसार कारबाहीको लागि सम्बन्धित निकायमा पठाइनेसमेत नपाले ध्यानाकर्षण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर