नेप्से परिसूचक १८ अंकले घट्यो
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ ।
अघिल्लो दिन मंगलबार मात्रै दोहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार १८.६० अंकले घटेर २००४.३० बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७० लाख ६१ हजार ४०४ कित्ता शेयरको किनबेच हुदाँ १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा मनकामना इन्जिनियरिं हाइड्रोपावर, ऐसीयन आइड्रोपावर र मोलुं हाइड्रोपावर लिमिटेडले सर्वाधिक नाफा कमाएका छन भने, लक्ष्ममी भ्यालूफण्ड२, सुभम पावर लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमााएका छन् ।
बुधबार बजार पुँजिकरण १० खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।