स्वास्थ्यकर्मी कुटपिट गर्दा हुने दण्ड सजायको सूचना सबैले देख्नेगरी राख्नुपर्ने – Nepal Press

स्वास्थ्यकर्मी कुटपिट गर्दा हुने दण्ड सजायको सूचना सबैले देख्नेगरी राख्नुपर्ने

काठमाडौं । सरकारले देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानूनी व्यवस्थाको जानकारीमूलक बोर्ड राख्ने निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलको निर्णयबारे गृहले विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने उल्लेख छ ।

त्यस्तै पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने पनि गृहले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर