देवघाटमा स्नान गर्न गएका दुईजना बेपत्ता
चितवन । आज बिहान देवघाटमा स्नान गर्न पुगेका दुई युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ७ बजे भरतपुर महानगरपालिका १ देवघाट स्थित नारायणी नदीमा स्नान गर्न पुगेका भरतको आसाम घर भई धनगढी ३ मिलनचोक बस्ने १९ वर्षका भोजराज अधिकारी र १७ वर्षका पंकन दाहाल बेपत्ता भएका हुन् ।
उनीहरू धनगढी उपमहानगरपालिका ३ मा रहेको रहेको लक्ष्मी नारायण मन्दिरबाट समूहसहित भ्रमणमा आएका थिए ।
स्नान गर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी हुनासाथ प्रहरीको विपद व्यवस्थापन टोलीसहित उद्धार कार्यमा खटिएको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।