एमाले कर्णाली अधिवेशन : आज तीन प्रतिवेदनमाथि छलफल
नेपाल प्रेस
२०८० असोज ११ गते १०:५१
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनअन्तर्गत बन्द सत्र केहीबेरमा सुरू हुँदैछ । बुधबारदेखि जारी अधिवेशनमा बिहीबार बिहान ८ बजेबाट नै बन्द सत्र सुरू हुने भनिए पनि विलम्व भएको हो ।
महासचिव शंकर पोखरेलले बन्दसत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव टेकराज पछाईले जानकारी दिए । बन्द सत्रमा राजनीति, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र सोमाथि छलफल हुनेछ । निर्वाचनको प्रक्रिया भने भोलि बिहानबाट सुरू हुने बताइएको छ ।
प्रदेशको नेतृत्वको लागि सकेसम्म सर्व सहमतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा निर्देशन दिएका थिए ।
प्रतिक्रिया