एमाले बागमती निर्वाचन: मजदुर क्लस्टरबाट ३ सदस्य निर्विरोध
नेपाल प्रेस
२०८० असोज ११ गते १२:३६
काठमाडौं । ललितपुरमा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा मजदुर क्लस्टर तर्फ तीनजना सदस्य निर्विरोध भएका छन् ।
मजदुर क्लस्टर अन्तर्गत आवश्यक तीन सङ्ख्यामा तीनजनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेहरूमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधी पन्त(काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर) जिफन्ट पूर्व उपमहासचिव गीता कार्की(मकवानपुर) निर्विरोध भएका हुन् ।
प्रतिक्रिया