एमाले बागमती अधिवेशन : उम्मेदवार क्लष्टर हेरफेर – Nepal Press

एमाले बागमती अधिवेशन : उम्मेदवार क्लष्टर हेरफेर

काठमाडौं । च्यासलमा जनारी नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशनअन्तर्गत उमेदवारहरूको क्लष्टरमा हेरफेर गरिएको छ । अध्यक्षमण्डलको आज बिहान बसेको बैठकले यसअघिको क्लष्टर हेरफेर गर्दे पुन: नयाँ क्लष्टर सार्वजनिक गरेको हो ।

यसअघि दुई उपसचिवमा एक महिला अनिवार्य भनिएकोमा अब उपसचिवमा महिला अनिवार्य गरिएको छैन । प्रदेश खुलामा १७ सदस्य निर्वाचिचत हुने यसअघि व्यवस्था गरिएपनि अहिले हटाएर जम्मा १६ मात्रै कायम गरिएको छ । काठमाडौं उपत्यकामा यसअघि खुला सदस्यमा ६ मात्रै कायम भएकोमा अब बढाएर ९ पुर्‍याइएको छ । त्यस्तै प्रदेशमा घटाएर ५ मात्रै बनाइएको छ ।

काठमाडौं उपत्यकाका लागि ४ युवामा २ महिला अनिवार्य भनिएकोमा अब एकमात्रै गरिएको छ । निर्वाचनलाई सहज बनाउनका लागि अध्यक्षमण्डलको तर्फबाट स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलाई तोक्ने निर्णय गरेको अध्यक्षमण्डलका अध्यक्ष गुरु बरालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर