वसन्तपुरमा इन्द्रजात्राकाे सुरसार, हिँडेर आए भीआईपी (तस्बिरहरु) – Nepal Press

वसन्तपुरमा इन्द्रजात्राकाे सुरसार, हिँडेर आए भीआईपी (तस्बिरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा पर्वकाे चहलपहल सुरु भएकाे छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न सर्वसाधरणदेखि मन्त्रीहरुकाे बसन्तपुरमा चहलपहल सुरु भएकाे हाे । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरका मेयर उपमेयरलगायत विशिष्ट व्यक्तिहनुमानढोका पुगिसकेका छन्।

उनीहरु न्युरोडबाटै हिँडेर आएका हुन् । यसअघि भीभीआईपीहरुकाे सवारी हनुमानढाेकासम्म  पुग्ने गरेकाे थियाे  । तर यसपटक काठमाडाैं महानगरपालिकाले गत असार देखिनै  सम्पदा क्षेत्रमा सवारी साधन लैजान राेक लगाएपछि उनीहरु हिँडेरै पुगेका हुन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि बसन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन गराउनेछन् ।
हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले  कुमारी लगायतकाे रथकाे अवलोकन गर्नेछन् । उनी केहीबेरअघि न्युरोडको जुद्दशमशेरको शालिकबाट हिँडेर आएका हुन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर