विराटनगरमा राखियो योगमायाको सालिक – Nepal Press

विराटनगरमा राखियो योगमायाको सालिक

विराटनगर । विराटनगर- २ सोमबारेमा योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार सालिक अनावरण गरेकी हुन् ।

सती प्रथा, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने विभेदविरुद्ध संघर्ष गरेकी योगदानको कदरस्वरूप सालिक निर्माण गरिएको हो । कार्यवाहक मेयर कार्कीले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको बताइन् । योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको उनको भनाइ थियो ।

विक्रम सम्वत् १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारीले अरुण नदीमा सामूहिक जलसमाधी लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर