एमाले बागमती अधिवेशन- अझै सहमतिको प्रयास जारी, भोलिलाई सारियो मतदान
नेपाल प्रेस
२०८० असोज ११ गते १८:०६
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन नहुने भएको छ । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।
अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । अहिले सहमतिको प्रयास जारी भएकाले आज ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
सहमति नजुटे उम्मेदवारी अन्तिम नामावली प्रकाशन ९ बजे प्रकाशन हुने उनले बताए । अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै अडानबाट पछि हटेका छैनन् ।
प्रतिक्रिया