एमाले बागमतीको उपसचिव प्रतिस्पर्धामा रिता- पूर्वमाओवादी धारबाट एकमात्र उम्मेदवार – Nepal Press

एमाले बागमतीको उपसचिव प्रतिस्पर्धामा रिता- पूर्वमाओवादी धारबाट एकमात्र उम्मेदवार

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन भइरहँदा नेकपा एकताको निरन्तरतासँगै एमाले बनेकी रिता गौतम ढकाल उपसचिवको उम्मेदवारका रूपमा मैदानमा खडा भएकी छन् ।

पाँचजना पदाधिकारी निर्वाचित हुनेमा माओवादी धारबाट नेकपा विभाजनपछि केपी ओली नेतृत्वको समूहमा रहेर एमाले बनेकी गौतम एकमात्र उम्मेदवार हुन् ।

काभ्रेपलाञ्चोक जिल्लाकी गौतम तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य थिइन् । पार्टी एकतापछि भने उनी केन्द्रीय कमिटीबाट प्रदेश तहमा झरेकी थिइन् ।

नेकपा विभाजनसँगै उनले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिने क्रममा काभ्रेको साविक माओवादीका २८ जना जिल्ला कमिटी सदस्यसहित उनले नेतृत्व गरेकी थिइन् । केही निर्वाचित वडाध्यक्षहरु समेत उनीसँगै एमालेमा समाहित भएका थिए ।

कम्युनिस्ट आन्दोलनको विभाजन र विखण्डनविरुद्ध आफूले केपी ओलीलाई साथ दिएको रिताको भनाइ छ । उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादीबाट मण्डन देउपुर नगरपालिकाको मेयर उम्मेदवार थिइन् ।

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उनलाई नेकपा विभाजनपछि पार्टीमा स्थापित गरेको स्थानीय नेताहरू बताउँछन् । गौतम कैलाश ढुंगेल प्यानलबाट महिला उपसचिवको उम्मेदवार बनेकी छन् । उपसचिवले उनले काभ्रेकै भक्तकुमारी लामासँग प्रतिस्पर्धा गर्दैछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर