एमालेको चुनावमा किन सुकाइयो प्रचार सामग्रीको बिस्कुन ?
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको प्रचारको नयाँ तरिका अपनाइएको छ ।
पार्टी कार्यलय च्यासलमा रहेको सनपाटको सानो रुखलाई केन्द्र बनाएर कार्डहरुको चौतारी निर्माण गरिएको छ ।निर्वाचन हुने दिन उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा ब्यस्त छ्न् ।
उम्मेदवारका समर्थक तथा उम्मेदवार आफै उक्त चौतारीमा आफ्नो कार्ड राख्नमा व्यस्त देखिएका छ्न्।
उम्मेदवारहरु ग्रुप बनाएर भोटमाग्न व्यस्त छन् भने प्रतिनिधिहरु मादल बनाएर नाचगान गर्दै रमाइरहेका छन् । निर्वाचन समितिले बिहान १० बजेबाट निर्वाचन गर्ने जनाएपनि हालसम्म निर्वाचनको कुनै सुरसार भएको छैन् ।
प्रतिनिधिहरु भने कहिले निर्वाचन होला भनेर अन्योलमा छन् । नेपालप्रेससङ्ग कुरा गर्दै चितवनबाट प्रतिनिधि भएर आएकी अन्जना गौतमले आफूहरु अन्योलताको बीचमा मतदान गर्न बसिरहेको बताइन् ।