प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल – Nepal Press

प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मिशन ८४ मा लागेकाले समतिमा नेतृत्व चयन गर्नु पर्ने बताए ।

उनले उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन गरे । उनले प्यानल वाईज निर्वाचनमा गए नेतृत्वले नसहने बताए ।

अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर लागे हिजोको दिनमा योगदान गरेको थियो भन्ने बिर्सने बताए । उनले पार्टी भित्रको सङठानात्मक अराजकता हटाउनु पर्ने बताए । उनले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रुपमा आएको बताए ।

एमालेलाई चौतर्फी घेराबन्दी भएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर