ओलीको प्रश्न- शेरबहादुर र प्रचण्डले के गरे ? – Nepal Press

ओलीको प्रश्न- शेरबहादुर र प्रचण्डले के गरे ?

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेर बहादुर पटक-पटक प्रधनमन्त्री भए पनि केही नगरेको बताएका छन् । उनले उनीहरु प्रधानमन्त्री मात्रै भएको तर जनताका लागि केही नगरेको आरोप लगाए ।

उनले भने, ‘उहाँहरुले महिलाका लागि केही गर्नु भो? शिक्षामा केही गर्नु भो ? उहाँ हरुले केही गर्नु भएन ।’

उनले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको बताए ।

माले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रम बोल्दै एमाले मात्रै जेष्ठ नागरिक, महिला, किशोरीहरुको समस्या बुझ्ने पार्टी भएको बताए । अशक्त अपंगता भएकाहरुलाई सम्झने एमाले मात्रै भएको भन्दै आफू नेतृत्वको सरकारेले गरेको कामको व्याख्या गरे ।

उनले आफुले गरेको कामले विरोधीहरु आत्तिएको बताए । देशको समस्या समाधान गर्न नसकेर होइन एमाले सँगमात्रै समस्या समाधान गर्ने तागत देखेर विरोधीहरु आत्तीएको दाबी गरे । उनले विरोधीहरुसँग मिलेर कम्युनिष्टको खोल ओडेर बसेकाहरुले छुरा घोपेको बताए ।

प्रचण्ड र माधब नेपालको नामै लिँदै ओलीले एमाले कम्युनिष्ट एकाता जोगाउन लागेको भए पनि कम्युनिष्टहरुको खोल ओडेकाले नेकपा पार्टी फुटाएको आरोप लगाए ।

अहिले कम्युनिष्ट एकता भनेर हिँड्दै छन् ओलीले भने, ‘अब उनीहरुलाई कसैले पत्याउँछ ? दुनियाँमा हल्ला छ अदालतले पार्टी फुटायो भन्ने पार्टी अदालतले होइन प्रचण्ड र माधव नेपालले फुटाएको हो ।’

उनले माधव नेपालको पार्टी फुटोवादी पार्टी भएको भन्दै उनीहरुको भ्रममा नपर्न आग्रह गरे ।

कोशी प्रदेशबाट शल्यक्रिया सुरु

कोशी प्रदेशमा भौगोलिक विविधता रहेको बताए । उनले वेदको र गायत्री मन्त्रको रचना पनि कोशी प्रदेशमा भएको दाबी गरे । उनले मुन्धुमको रचनासमेत कोशी प्रदेशमा भएको दाबी गरे । २८ सय वर्ष अघि चरक ऋषिले पहिलो पटक यसै प्रदेशमा शल्यक्रिया गरेको दाबी गर्दै त्यो समयपछि शल्यक्रिया गरेर बिरामीको उपचार भइरहेको बताए ।

अध्यक्ष ओलीले कोशी प्रदेश शिव र बिश्वमित्रको तपश्या गरेको भूमि भएको पनि उल्लेख गरे । ओलीले सबैभन्दा पहिला ज्ञानको सुरूवात यसै प्रदेशबाट भएको भन्दै अहिको यो प्रदेश पछि परेको बताए । उनले यस्तो पवित्र भूमिको विकासको जिम्मा एमालेको काँधमा आएको बताए ।

उनले भने, ‘सबैभन्दा पहिला मजदुर आन्दोलनको सुरूवात भएको औद्योगिक राजधानी भएको यो प्रदेशको विकास अरु राजनीतिक दलहरुले गर्छन् भनेर एमाले भाग्न सक्दैन ।’ उनले अब यस्तो ठाउँको विकास पछाडि पर्न दिन नहुने बताए । यसका लागि एमालेको अधिवेशनले यस्तै खाले नेतृत्व छान्नुपर्ने बताए । कोशी प्रदेशको राजनैतिक आन्दोलनको व्याख्या गर्दै उनले यस प्रदेशले नया चेतना फैलाउदै आएको बताए ।

उनले भने, ‘मिशन ८४ अगाडि सारेकाले हरेक ठाउँ र हरेक वडामा एमाले ५१ प्रतिशत हुनुपर्ने बताए । उनले हरेक टोल र घरमा पार्टीको संगठन पुर्याउनु पर्ने बताए । मिशन ८४ मा बहुमत मात्रै होइन कम्तिमा ५१ प्रतिशत एमाले हुनु पर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर