उद्योग परिसंघ कोशीको अध्यक्षमा पवन सारडा – Nepal Press

उद्योग परिसंघ कोशीको अध्यक्षमा पवन सारडा

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा पवनकुमार सारडा चयन भएका छन् ।

उद्योगी सारडाको अध्यक्षतामा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन भएको हो । नयाँ नेतृत्वलाई केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले पद हस्तान्तरण गरेका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा चयन भए । नवगठित समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारणसभाले महिला उपाध्यक्ष पद सृजना गरेको छ ।

नवनिर्वाचित उपाध्यक्षहरूमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल र गिरिजा सारडालाई रहेका छन् । मानार्थ उपाध्यक्षमा घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँ चयन भएका छन् ।

त्यस्तै कार्य समिति सदस्यहरुमा राजेन्द्र राठी, बेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जीतेन्द्र राठी, अविद अली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी छन् ।

घिमिरे परिसंघको केन्द्रीय उपाध्यक्ष भएपछि कोशी प्रदेशमा नयाँ नेतृत्व चयन भएको हो । आफू केन्द्रीय उपाध्यक्ष भएपछि तीन महिनाभित्र पद हस्तान्तरण गर्ने भनेका घिमिरेले साधारणसभा गरेर पद हस्तान्तरण गरेका हुन् । घिमिरेको कोशी प्रदेश अध्यक्षमा कार्यकाल १ वर्ष बाँकी नै थियो ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुलाई परिसंघको प्रमुख सल्लाहकार चयन गरिएको छ । वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । राजन भगत, रीता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठी परिसंघको मानार्थ सदस्य चयन भएका छन् ।

साधारणसभाले अध्यक्ष सारडाको संयोजकत्वमा संरक्षण तथा भवन निर्माण समिति गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर