एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, अरु पदमा कसले जिते ?
काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् ।
रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।
यस्तै सचिवमा नवराज सिलवाल विजयी भएका छन् ।
सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।
यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।
जिम्मेवारी पाउने कमरेडहरूलाई बधाई तथा शुभकामना र जिम्मेवारी पाउन नसकेका नपाउनु हुने कमरेडहरूले अन्य क्षेत्र संगठनमा रही निरन्तर पार्टी काम गर्नु होला पार्टी संगठन ले मुल्यांकन अवस्य गर्ने छ।
विजयी सम्पूर्ण कमरेडहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । वर्तमान धमिलिएको बहुरंगी राजनीति लागि शुद्ध, सफा र एक रंगी गराउने कार्यमा महत्वपूर्ण भूमिका खेलोस् । पार्टीप्रति नागरिकमा व्याप्त वितृष्णा लाई ऊर्जामा रुपान्तरण गर्ने कार्यलाई प्राथमिक योजनामा समावेश गरी अघि बढोस् शुभकामना ।