एमाले कोशी अधिवेशन: सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न सात समिति – Nepal Press

एमाले कोशी अधिवेशन: सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न सात समिति

प्रतिवेदन पास भएपछि नेतृत्व चयनको प्रक्रिया

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा सांगठानिक प्रतिवेदनमा छलफल गर्न सात वटा समूह बनाइएको छ ।अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बन्द शत्रमा प्रस्तुत गरेको साङाठानिक प्रतिवेदनको विषयामा छलफल गर्न सात वटा समूह बनाइएको छ ।

जस अन्तरगत ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१), झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४०, सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको समूह (५), उदयपुर र सुनसरीको (६) तथा जनवर्गीय संगठनहरूको (७) नम्बर समूह निर्माण गरिएको हो ।

शुक्रवार झण्डै दुई घण्टा ढिलो गरेर सुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको बन्द सत्र शनिबार सम्मलाई स्थगित भएको छ । शनिबार विहान ७ बजेदेखि प्रदेश अधिवेशनको बन्द सत्र सुरु हुने प्रचार प्रसार उप समितीका सम्योजक सैलेश लामाले बताए ।

अध्यक्ष न्यौपानेले पेस गरेको सांगठानिक प्रतिवेदन भने अधिवेशनमा सहभागी ९९७ जना प्रतिनिधिहरूलाई नै बाँडिएको र अध्ययन गर्न गरेर शनिबार विहान ७ बजेदेखि समूहगत छलफल सुरु गर्ने गरी बन्द सत्र स्थगित गरिएको हो ।

विहान १० बजेसम्म सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफल सकेर प्रत्येक समूहबाट प्रस्तुतीकरण गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
प्रतिवेदनमाथिको समूह छलफल सकेपछि बन्द सत्रले प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

बन्द सत्र संचालन गर्न एमाले केन्द्रीय कमिटी सचिव एवं कोशी इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नी खरेल, राजेन्द्र गौतम, डा।शिवमाया तुम्बाहाम्फे तथा केन्द्रीय सदस्यहरू भगवती चौधरी, जगदीशप्रसाद कुसियैत, सुनिता बराल, पर्शुराम मेघी गुरुङ र राम राना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर