श्रद्धा, प्रेम र कृतज्ञताको पर्व हो सोह्रश्राद्ध !
आजदेखि सोह्रश्राद्ध सुरू भएको छ । कतिले नबुझेर र कतिपयले बुझ पचाएर यसका विरुद्धमा बोल्ने लेख्ने गरेको पाइन्छ र यसो गर्दा यसलाई अन्धविश्वास भनेको सुनिन्छ । थोरै सकारात्मक भएर सोच्ने हो भने यसका केही कर्मकाण्डका विषयबाहेक सिङ्गो श्राद्ध अन्धविश्वास भनिनुपर्ने कारण भेटिँदैन । भुत्ला देखेर पिँडालु, खप्पर देखेर नरिवल फ्याँकिँदैन, तर मूल्यमान्यताका केही बाहिरी पक्ष हेरेर देखेर पूरै नकार्ने प्रवृत्ति भने पूर्वाग्रही र अन्धविश्वास हो ।
श्रद्धाबाट ‘श्राद्ध’ शब्द बन्दछ । श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनिन्छ । ‘श्राद्ध’ श्रद्धालाई जीवन्त राख्ने माध्यम हो । हाम्रा संस्कृति निर्माता पूर्वजहरूले पूर्णिमादेखि औँसीसम्मको १६ दिनलाई पितृको सम्मानका लागि छुट्ट्याइदिए । हामी पनि पूर्वजहरूप्रति कृतज्ञ बनौँ, सन्तानहरूप्रति कर्तव्यशील बनौँ र संस्कृतिप्रति संवेदनशील बनौँ । वस्तुनिष्ठ भएर समयसापेक्ष कर्म गरौँ । विरोधी र विद्रोही नभई सिर्जनात्मक बनौँ ।
सनातन भनेको अज्ञात कालदेखि चल्दै आएको भनिएको हो । सनातन भनेको पुरानो हुँदैन । सनातन पुरानो किन हुँदैन ? यस्तो प्रश्न उठ्न सक्दछ । सनातन भनेको प्रकृतिबाट आएको हुन्छ । यसलाई प्राकृतिक अवस्थामा नै रहेका मानिसहरूबाट प्रारम्भ भएको भनेर बुझ्न सकिन्छ ।
समाज मानिसहरूको परम्पराद्वारा निर्मित मनोवैज्ञानिक संस्था हो । यसमा मनोवैज्ञानिक सम्बन्धको मात्रा प्रचुर रहेको देखिन्छ । व्यवस्थित जीवनका लागि भौतिक वस्तुहरूको अपरिहार्यता जत्तिकै समाज निर्माणमा मनोविज्ञानको भूमिका रहेको हुन्छ । प्रयोग गरिने वस्तु र प्रयोग गर्ने व्यक्ति भौतिक हो भने प्रयोगकर्तामा रहेको अन्तर्निहित विचार मनोविज्ञान हो । समाजमा कुनै निश्चित विधिबाट नापतौल गर्न र छुट्ट्याउन नसकिने गरी भौतिक र मनोवैज्ञानिक पक्ष बराबर छन् ।
हाम्रो समाज सनातन समाज हो । सनातन भनेको अज्ञात कालदेखि चल्दै आएको भनिएको हो । सनातन भनेको पुरानो हुँदैन । सनातन पुरानो किन हुँदैन ? यस्तो प्रश्न उठ्न सक्दछ । सनातन भनेको प्रकृतिबाट आएको हुन्छ । यसलाई प्राकृतिक अवस्थामा नै रहेका मानिसहरूबाट प्रारम्भ भएको भनेर बुझ्न सकिन्छ । प्रकृतिका गुणलाई मानवीयकरण गरिँदै आएको विषय नै सनातन हो । प्रकृतिलाई पुरानो भयो भनेर भनिँदैन । तर प्रकृतिमा पुरानो विषय नहुने होइन, पुराना कुरा हुन्छन् । प्रकृतिको नवीकरण गरिएको हुँदैन । प्रकृतिलाई नयाँ ढङ्गले उपयोग गरिएको हुन्छ ।
हाम्रो समाज प्रकृतिबाट संगठित हुने, प्रकृतिबाट संरक्षित हुने, प्रकृतिबाट शिक्षित हुने, प्रकृतिबाट लाभान्वित हुने हुँदै अघि बढिरहेको देख्न सकिन्छ । यसका अनेकौँ उदाहरणहरू छन् । हाम्रा पुर्खाले समाजलाई संगठित गर्ने उपायहरू अवलम्बन गरे । यसरी गरिएका सामाजिक प्रबन्धहरूलाई ‘धर्म’ पनि भनियो । धर्मका केही ‘कर्मकाण्ड’हरू बने । कर्मकाण्डहरूमा मानिस र मानिसका कर्तव्यहरूको वर्गीकरण र नामकरण गरियो अर्थात् कामका आधारमा ‘नाम’ वा ‘पहिचान’ निर्धारण गरियो । यसो गर्दा मानिसको योग्यता—क्षमता र रोजाई कै आधारमा भएको अनुमान गर्न सकिने देखिन्छ । यहाँसम्म ठिकै चल्यो तर कालान्तरमा पुर्खाको नाम वा पहिचानको आधारमा मात्र काम निर्धारण हुने परिपाटी प्रबन्धको विकारका रूपमा प्रकट भयो । हाम्रा वैज्ञानिक परम्परा, प्रबन्ध र सनातनता खण्डित हुन थालेपछि समस्या देखिन थाले । प्रबन्धकीय सन्तुलन खलबलिएपछि समाजमा असन्तुलन पैदा भयो । यहीँबाट नकारात्मक विभेद र विभाजन मौलायो । सनातन धर्म, सनातन संस्कृति, सनातन सन्तुलन, सनातनका अनेकौँ पक्ष खण्डित हुँदै आयो । मानिसको कुत्सित नियतले, दुर्बुद्धिको प्रयोगले, अयोग्यता र अक्षमताको कारणले आजको प्राकृतिक विपत्तिहरू जसरी नै ‘सनातन’का अनेकौँ पक्षहरू पनि विकृतजस्ता देखिए । यो सबै मानिसबाट भएको हुनाले मानिसले नै सच्याउन सकिने विषय हो । सनातनका असल पक्षलाई सच्याउन पनि सनातनकै सारलाई बुझ्न आवश्यक हुन्छ ।
मानिस आज आफ्ना पूर्वज/पुर्खाबाट लाभान्वित छ । उनीहरूबाट नै सर्दै आएको ज्ञान—बुद्धिलाई परिमार्जन र परिष्कार गर्न पाएको छ ।
हाम्रो सनातन संस्कृतिका अनेकौँ असल पक्षहरू जस्तै सोह्रश्राद्ध पनि एक हो । जब मानिसले प्रकृतिकै ग्रह, उपग्रह, नक्षत्र(तारा), यसैका आधारमा (चन्द्रमाको गतिका आधारमा) सोह्रवटा तिथि (प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, अमावस्या र पूर्णिमा) निर्धारण गरे, मानिस जन्मने वा मर्ने तिथि पनि तिनै हुने भए । यिनै सोह्रवटा तिथि पर्ने गरी वर्षमा एकपटक आश्विन कृष्ण प्रतिपदादेखि पन्ध्र दिनको समयावधि पुर्खाप्रतिको कृतज्ञता तथा कर्तव्य बोधका लागि छुट्ट्याइनु पूर्वज÷पुर्खाको सम्मान, श्रद्धा र स्मरणका लागि महत्त्वपूर्ण विषय हो ।
मानिसहरूले प्रकृतिबाट स्वाभाविक रूपमा लाभ लिइरहेको भए तापनि यसलाई व्यवस्थित गर्न र यसका उत्पादनहरूलाई सञ्चय गर्न भने निकैपछि मात्र जानेको हो भन्ने बुझिन्छ । यो आफैमा ठूलो विकास हो । पशु पाल्न जान्ने, पशुहरूलाई आफ्ना हितहरूका लागि परिचालन गर्न जान्ने, अन्न उत्पादन र भण्डारण गर्न जान्ने कुरा ठूलो ज्ञान र विकास हो । यस्तो ज्ञान सञ्चय र विकासका लागि हाम्रा पुर्खाका अनेकौँ पुस्ता समर्पित भए होलान् भन्ने सहज अनुमान लगाउन सकिन्छ । अहिलेका ज्ञान—विज्ञानका कुरा हुन् वा उत्पादन र सञ्चयका विषय, यी सबैका आधार त पुर्खा र यिनीहरूबाट सर्दै आएका ज्ञान नै हुन् ।
मानिस पहिलेदेखि नै खुसी हुन्थ्यो होला, रमाउँथ्यो होला तर संगठित रूपमा खुसी मनाउन जान्दैनथ्यो । खुसीयालीका दिन, महिना तोक्न र सम्झना गर्न सक्दैन थियो होला । तर गर्दै जाँदा तिनै मानिसले यी सबै कुरा जाने र परम्परा बसालिदिए । खेतीपाती स्याहार्ने मौसममा गरिने रमाइला दिनहरू पर्व भए । विजय—उल्लासका दिनहरू पर्व भए । कुनै नाम र प्रकारका उपलब्धिका दिन पनि पर्व भए । कान भरी अन्नका अङ्कुर(जमरा) सिउरेर, निधारभरि रँगाइएको अन्न(अक्षता) लगाएर, सके र भेटसम्मका मीठो—मसिनो खाने हाम्रो परम्पराको निकै ठूलो मानिँदैआएको दशैंपर्व प्रारम्भको १५ दिनअघि नै पुर्खा÷पूर्वजहरूलाई श्रद्धा, प्रेम, कृतज्ञता, अभिनन्दन आदि प्रकट गर्न भएभरका सबै तिथि निर्धारित गरिदिए र ‘पितृ पक्ष’ नामकरण गरे र पितृ पर्वको परम्परा बसालिदिए । आज हामी तिनै दिनहरूलाई सोह्रश्राद्ध भनिरहेका छौँ ।
हिजोआज केही मानिसहरू श्राद्धका विषयमा केही हलुका टिप्पणी र गम्भीर प्रश्नहरू पनि गरिरहेका छन् । श्राद्ध होस् वा अन्य कुनै परम्परा, बुझेर गरियो भने विज्ञान र नबुझेर गरियो भने अन्धविश्वास हुन्छ । कुनै कर्मको उद्देश्य स्पष्ट नभई पछि लगाइयो वा लागियो भने अन्धविश्वासले जित्दछ ।
मानिस आज आफ्ना पूर्वज/पुर्खाबाट लाभान्वित छ । उनीहरूबाट नै सर्दै आएको ज्ञान—बुद्धिलाई परिमार्जन र परिष्कार गर्न पाएको छ । मानिसले उत्पादन होस् वा सञ्चय, वितरण होस् वा विनिमय, विक्री होस् वा दान सबै कुराको आधारभूत ज्ञान पूर्वजहरूबाट पाएको छ । पितृ पक्ष, पितृ पर्व, सोह्रश्राद्ध आदिका सन्दर्भमा हामीले उपरोक्त विषयहरू सम्झनै पर्ने हुन्छ ।
पितृ भनेका को हुन् ? सामान्यतया पितृ भनेका बितिसकेका मानिसहरूलाई मात्र बुझ्ने चलन रहँदै आएको छ । तर पितृ भनेका मरेका मात्र होइनन् र जीवित मात्र पनि होइनन् । जीवित हुन् वा मृत बाबु—बाजे, आमा—बाबु, पूर्वज हुन् भनेर बुझ्नुपर्दछ । कसै—कसैले त पितृ भनेका बितिसकेका पुरुष पूर्वजलाई मात्र बुझ्ने गरेको पनि पाइन्छ, तर यसो होइन । सोह्रश्राद्ध शुरुहुनु पूर्वको पूर्णिमालाई ‘मातामहादि श्राद्ध’को दिनको रूपमा लिइएको छ । यसरी आमातिरका सबै पुर्खाको सम्मानका लागि विशेष दिन छुट्ट्याइएको देखिन्छ । कसै—कसैको मतमा घटस्थापनाको दिनलाई पनि ‘मातामहादि श्राद्ध’को दिन मानिएको पाइन्छ । अन्य विषयमा जस्तै श्राद्धका विषयमा पनि विद्वान्हरूको मतैक्ययता देखिँदैन ।
शास्त्रमा पितृहरूलाई वसु स्वरूप, रुद्र स्वरूप र आदित्य स्वरूप भनेर वर्गीकरण गरिएको देखिन्छ । वसु स्वरूप भनेको सम्पत्तिको रूपको भनिएको हो । यसको अर्थ हो हामीले पितृबाट अनेकौँ प्रकारका सम्पत्ति पाइरहेका छौँ । सम्पत्ति भनेको धनपैसा, खेतबारी, सुनचाँदी आदि मात्र होइन, उनीहरूबाट हामीले पाएको सम्पत्ति भनेको उत्पादनका सीप, विविध वस्तुहरू बारेको ज्ञान, हाम्रो आफ्नो पहिचान पनि हो । हाम्रो जीवनयापनमा सहजता प्रदान गर्ने सबै कुरा सारमा सम्पत्ति हुन् ।
रुद्र भनेका शिव हुन् । शिव शब्दको अर्थ कल्याण हो । कल्याणका लागि हामीले उचित विचार, उचित व्यवहार अपनाउनुपर्ने हुन्छ । यसो गर्दा अनुचित पक्ष नासिँदै जान्छ भने उचित पक्ष जोगिँदै र बढ्दै जान्छ । यो नासिने, जोगिने र विकास हुने प्रक्रिया निरन्तर प्रक्रिया हो । यसले नै आवश्यक सन्तुलन र नियन्त्रण कायम गरिरहेको हुन्छ । पितृ वा पुर्खाको वर्गीकरणमा यस पक्षको ख्याल गरिएका देखिन्छ ।
आदित्य भनेको सूर्यसहितका सूर्यका गण हुन् । सूर्यका गण भनेका सूर्यका शक्ति हुन् । सूर्यको शक्ति के हो ? यो भनिरहनुपर्ने विषय होइन । सृष्टि र स्थितिका लागि सूर्यको शक्ति र प्रकाश सबैभन्दा महत्वको विषय हो भन्ने कुरा ख्याल गरिएको देखिन्छ ।
पितृ पक्ष आफ्ना पूर्वजहरूप्रति कृतज्ञता प्रकट गर्ने, उनीहरूका सकारात्मक योगदानहरूको स्मरण गर्ने र उनीहरूप्रति श्रद्धा व्यक्त गर्ने महत्त्वपूर्ण पर्व हो । श्राद्धमा पिण्ड दिइन्छ । श्राद्धमा मिठो खाने कुराको पिण्ड दिइन्छ र जल अर्पण गरेर तर्पण दिइन्छ । यसरी दिवङ्गत आत्मीय पूर्वजहरूप्रति श्रद्धा व्यक्त गरिन्छ । श्राद्ध वास्तवमा श्रद्धा, प्रेम, कृतज्ञता, अभिनन्दन आदिको मिश्रित रूप हो । मरिसकेका आफन्तलाई श्रद्धा र प्रेमपूर्वक स्मरण गरिने सोह्रश्राद्ध जस्तो परम्परा स्थापित गर्ने वैज्ञानिक पूर्वजहरूप्रति आभार तथा असीम श्रद्धा व्यक्त गर्नु सकारात्मक संस्कृति हो । तर्पण गर्नु या दिनु भनेको तृप्त पार्नु भनेको हो । पुर्खालाई÷पूर्वजहरूलाई तृप्त पार्न सिकाइएको हो । पिण्डमा अनेकौँ स्वादिष्ट वस्तुहरूको सम्मिश्रण हुन्छ । पुर्खा÷पूर्वजहरूले यी सबै वस्तुको महत्त्व बुझेका थिए र स्वस्थ जीवनका लागि यी सबैको सन्तुलित प्रयोग गर्दथे भन्ने ज्ञानको प्रकटीकरण हो । मानिसको तृप्ति÷सन्तुष्टिसँग खाद्य—पेयको (खानपिनको) महत्त्व र यस सम्बन्धी ज्ञानको निरन्तरताका लागि तर्पण र पिण्डको प्रचलन रहेको बुझिन्छ ।
तर हिजोआज केही मानिसहरू श्राद्धका विषयमा केही हलुका टिप्पणी र गम्भीर प्रश्नहरू पनि गरिरहेका छन् । श्राद्ध होस् वा अन्य कुनै परम्परा, बुझेर गरियो भने विज्ञान र नबुझेर गरियो भने अन्धविश्वास हुन्छ । कुनै कर्मको उद्देश्य स्पष्ट नभई पछि लगाइयो वा लागियो भने अन्धविश्वासले जित्दछ । दिवङ्गत पूर्वजहरूको स्मरण गरी श्राद्ध गर्ने विषय जिउँदा मातापिताको स्याहार-सम्भार, सेवा-सुश्रुष र पालनपोषणको विकल्प हुन सक्दैन । मरिसकेपछि पनि यति सम्मानभागी मातापिता जीवित अवस्थामा हेय हुन्छन् भन्ने कल्पना कसरी गर्न सकिन्छ ? जिउँदो छँदा गरिने सबै कर्म गरे पनि वहाँहरूका तपाईँ-हामीमा सरेका ज्ञानका लागि वहाँहरूलाई सम्झिरहनु अन्धविश्वास हुन्छ र ? के इतिहास पढ्नु अन्धविश्वास हो ? इतिहासबाट शिक्षा लिनु अन्धविश्वास हो ? विगत सम्झनु अन्धविश्वास हो ? होइन ।
केही मानिसहरू अलिकति बुझ पचाएर पनि प्रश्न गर्दछन्- वर्षमा एकपटक/दुईपटक श्राद्ध गरेर हुन्छ ? यस्तो प्रश्नकर्तालाई के भन्ने ? बाल दिवस वर्षमा कति पटक मनाइन्छ ? नारी दिवस ? श्रमिक दिवस ? शिक्षा दिवस ? विशिष्ट व्यक्तिहरूका जन्म वा स्मृति दिवस ? मानवअधिकार दिवस ? साक्षरता दिवस ? भ्रष्टाचार निवारण दिवस ? लोकतन्त्र दिवस, संविधान दिवस र यस्तै अन्य दिवसहरू दिनदिनै मनाइन्छ ? मनाइँदैन । वर्षमा एक एकदिन मनाइन्छ र वर्षैपिच्छे मनाइन्छ । किन होला ?
इतिहासलाई जस्ताको तस्तै लागू गर्न खोज्नेहरू अन्धविश्वासी हुन् । परम्परालाई सही ढङ्गले बुझ्न नसक्नु अन्धविश्वास हो । आधारभूत विषय र परिवर्तित सन्दर्भहरू बुझ् नचाहनेहरू अन्धविश्वासी हुन् । तर श्रद्धापूर्वक आफ्ना दिवङ्गत आत्मीय पूर्वजहरूप्रति कृतज्ञ हुनु, सम्मान गर्नु, श्रद्धापूर्वक स्मरण गर्नु अन्धविश्वास होइन र यसो गर्नेहरू अन्धविश्वासी होइनन् । हरेक पुराना कुरा बिर्सँदै जाने हो भने मर्यादाहीन अराजकता बाहेक अरू केही भेटिने छैन । हरेक नयाँ वैज्ञानिक वा विज्ञानसम्मत र हरेक पुराना अन्धविश्वास हुँदैन भन्ने कुरा बेलैमा बुझिराखौँ ।
लोपोन्मुख हुदै गरेका हाम्रा संकार र केही ब्यक्ति समुदाय द्वारा ससंकित रूपमा हेरिने परम्परा लाई बैज्ञानिक बिश्लेषण द्वारा समयोचित रूपमा मान्यता को कसिमा खारेर समाजमा राख्ने लेखक को कलमलाई सम्मान