एमाले कोशी अधिवेशन : पाँचथर, इलाम र सोलुका सदस्य सर्वसम्मत (नामसहित) – Nepal Press

एमाले कोशी अधिवेशन : पाँचथर, इलाम र सोलुका सदस्य सर्वसम्मत (नामसहित)

केही जिल्लामा युवा र दलित निर्विरोध

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा भूगोलतर्फ ३ जिल्लामा सर्वसम्मत सदस्य चयन भएको छ । केही जिल्लामा दलित र युवा क्लस्टरबाट पनि निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनमा छुट्टाएको कोटाअनुसार नै इलाम, पाँचथर र सोलुखुम्वुबाट सर्वसम्मत सदस्य चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचथरबाट ४ जना खुल्ला सदस्यमध्ये भवानिप्रसाद लिङ्देन, गोविन्द तामाङ, नरेन्द्रकुमार बस्नेत, धनकुमार पियाकको मात्रै मनोनयन दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिलातर्फ आशारत्न जवेगु र करुणा राई र युवातर्फ दिनेशकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । एकजना दलित सदस्यमा भने पाँचथरबाट मनोनयन नै दर्ता भएको छैन ।

इलामबाट १७ जना नै निर्विरोध भएका छन् । खुल्लातर्फ १०, महिलातर्फ ५, युवा १ र दलित १ गरी १७ जना नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यले बताए ।

इलामबाट खुल्लाबाट धनकुमार श्रेष्ठ ओमनारायण खनाल, केशव शर्मा, कृष्णकुमार शाह, यामप्रसाद अधिकारी, जयप्रकाश राई, काजीमान कागते र गणेश बराल निर्विरोध भएका छन् । महिलातर्फ रिपल राई, शकुन्तला लेप्चा, वृन्दा विश्वकर्मा, सावित्रा शिवा र टीकादेवी घिमिरे, युवातर्फ राजकुमार थापा र देवेन्द्र विश्वकर्मा निर्विरोध भएका छन् ।

सोलुबाट ८ जना सदस्य निर्विरोध भएको हुन् । खुल्लाबाट उत्तमकुमार बस्नेत, सोनामगेल्जेन शेर्पा र महेश किराती निर्विरोध भएका छन् । महिलातर्फ सूर्यकुमार सुनुवार, पार्वती राई र टासील्हामु शेर्पा निर्विरोध भए । युवामा चरित्र भुजेल र दलितमा डाकबहादुर रणपहेली पनि सदस्य बने ।

ताप्लेजुङबाट युवातर्फ देवसेन आङ्वुहाङ्ग र दलितमा बुद्धिमान परियारको मात्रै उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका छन् ।

खोटाङमा महिलातर्फ विनादेवी राई, दिलकुमारी राई र पुष्पकला भुजेलको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध भएका छन् । दलितमा खोटाङकै चर्चबहादुर विश्वकर्मा पनि निर्विरोध भए ।

मोरङबाट भने युवा महिला निर्विरोध निर्वाचित भएका छन् । ४ जना युवा निर्वाचित गर्नुपर्नेमा दुई महिला ज्योती चौहान र फुल थुङ्गा खतिवडा निर्विरोध भएका छन् । धनकुटाबाट दलितमा यज्ञकुमारी रुचाल निर्विरोध भएकी छन् । तेह्रथुममा पनि दलितबाट अनुभूतीबम नेपाली निर्विरोध निर्वाचित भए

भोजपुरबाट युवामा रोशन बस्नेत र दलितमा सञ्जना दर्जी निर्विरोध भए ।

मजदुरमा महिलातर्फ माया भण्डारी र निर्मला परियार साथै खुल्लामा सदस्यमा सुशीला पहाडी ढकाल र रुफीना गुरुङ निर्विरोध भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर