एनआरएनए आईसीसीको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा – Nepal Press

एनआरएनए आईसीसीको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३/२५ का लागि कोषाध्यक्षपदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए जापानका पूर्वअध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । एनआरएनए आईसीसीको युथकोअर्डिनेटरको जिम्मेवारी समेत समालेका थापाले सबै पक्षलाई समेटेर सन्तुलन मिलाउन कोषाध्यक्षमा उम्मेदवारी दि न लागेको बताए ।

बिगत १६ बर्षदेखि जापानमा व्यापार, व्यवसायी र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन् । सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् ।

थापा एनआरएनए जापानको कार्यसमिती सदस्य, उपाध्यक्ष हुुँदै अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजकमा रहेर काम गरेका छन् ।

रामेछापमा जन्मिए काठमाडौंबाट अध्ययन गरि उच्चशिक्षाको लागि जापान छिरेका थापा ४ वर्ष जापानमा अध्ययन गरि रेस्टुरेण्ट व्यवसायमा लागेका थिए । रेस्टुरेण्ट, रेमिट्यान्स, रिकुईटमेन्ट लगायतमा रही व्यवसायी गर्दै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रुपमा परिचित छन् सुदन थापा।

अहिले सम्म भए गरेका कृयाकलापहरुलाई सुदृढ गर्दै बर्तमान संक्रमणकालिन अबस्थामा संस्थालाई कृयाशिल, ब्यवस्थित र पारदर्शी बनाउन
विश्वासका साथ काम गर्ने उद्धेश्यले कोषाध्यक्षमा उम्मेदवारी रहने थापाले बताए । एनआरएनए कोषाध्यक्ष पदमा जापानबाट थापा र युएई दुबईबाट ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर