सुन तस्करी छानबिनको नेतृत्व पूर्वन्यायाधीश अनन्त डुम्रेलाई दिने तयारी – Nepal Press

सुन तस्करी छानबिनको नेतृत्व पूर्वन्यायाधीश अनन्त डुम्रेलाई दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आजको बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्त्वमा समिति गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रमुख दलहरूको बैठकमा डुम्रेको नामबारे सामान्य चर्चा भए पनि व्यक्ति तोकेर छलफल नभएको बैठकका एक सहभागीले बताए ।

उनका अनुसार पूर्वन्यायाधीश नेतृत्वमा ३ सदस्यीय विज्ञ सम्मिलित समिति गठनका लागि सहमति भएको हो । स्रोतकाअनुसार न्याय क्षेत्रमा राम्रो छवि बनाएका पूर्वन्यायाधीश डुम्रेलाई संयोजक बनाउने अनौपचारिक सहमति भएको थियो ।

दुई सदस्यबारे सरकारले टुंगो लगाएर संसदलाई आजै जानकारी गराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर