सुन तस्करी छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन, संयोजक डिल्ली आचार्य – Nepal Press

सुन तस्करी छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन, संयोजक डिल्ली आचार्य

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरियतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।
उच्च अदालतका पूर्वन्यायाधीश आचार्य सत्तारुढ माओवादी केन्द्र निकट मानिन्छन् । माओवादी नेताहरुकै सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा उनको नाम सिफारिस गरेको तर कसैले पनि विमति नजाएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर