उखु किसानलाई १५ दिनभित्र अनुदान रकम देउ: संसदीय समिति – Nepal Press

उखु किसानलाई १५ दिनभित्र अनुदान रकम देउ: संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानलाई १५ दिनभित्र अनुदान रकम भुक्तानी दिन सरकारलाई निर्देशन दिएको छ ।

किसानहरुले उखु बिक्री गरेको पैसा र अनुदान नपाएको भन्दै बेला बेलामा आन्दोलन गर्ने गरेका छन् ।

यसअघि समितिले चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव दिन उपसिमित गठन गरेको थियो । उक्त उपसमितिले समितिलाई प्रतिवेदन बुझाएको थियो ।

उपसमितिले नेपाल उखु उत्पादक महासंघका प्रतिनिधिहरु र नेपाल चिनी उत्पादक महासंघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो ।

उक्त सुझावपछि समितिले सरकारले अवलम्बन गरेका योजनाहरुको विवरण, उखु खेतीका लागि आवश्यक पर्ने गुणस्तरीय बीउ, व्यवस्थापन, रासायनिक मल र यान्त्रीकरणका लागि मन्त्रालयबाट भए गरेका कामकारबाहीहरु र उखुको समर्थन मूल्य तोक्न पनि निर्देशन दिएको छ ।

उपसमितिले उखु उत्पादनका लागि पकेट क्षेत्र मानिने तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र कैलाली जिल्लामा रहेका चिनी मिलहरु र उखु क्षेत्रहरुको स्थलगत अनुगमन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर