डाक्टरमाथि हातपात गरेको आरोपमा दुई पक्राउ, केएमसीको स्वास्थ्यकर्मीहरु सडकमा निस्किए
नेपाल प्रेस
२०८० असोज १४ गते १३:४८
काठमाडौं । काठमाडौं मेडिकल कलेजका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएका छन् ।
अस्पतालका डा. मनिष थापामाथि हातपातको प्रयास भएपछि त्यसको विरोधमा उनीहरुले सडकमा धर्ना दिएका हुन् ।
हातपातको प्रयास गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गुल्मी घर भइ काठमाडाैं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भइ सिनामंगल बस्ने ३४ वर्षीष सरोज गौतमलाई नियन्त्रणमा लिइएको हाे । स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी सडक अवरुद्ध बनेको छ ।
प्रतिक्रिया