आइएमई पे ले ल्यायो बम्पर उपहार, क्यासब्याकको प्रोमो कोडदेखि शपिङ गिफ्ट ह्यम्पर – Nepal Press

आइएमई पे ले ल्यायो बम्पर उपहार, क्यासब्याकको प्रोमो कोडदेखि शपिङ गिफ्ट ह्यम्पर

काठमाडौं । नेपालको डिजिटल वालेट आइएमई पे ले ‘आइएमई पे डिजिटल दशैं तिहार’ अफर सार्वजनिक गरेको छ।

आइतबार आईएमईले आउँदै गरेको दशैं , तिहार र छठलाई लक्षित गर्दै ५० दिनको बम्पर अफर सार्वजनिक गरेको हो ।

जहाँ ५० जना भाग्यशाली सेवाग्राहीले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले ‘अल्टीमा लाईफस्टाईल’ को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। भने, अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्नेछन् ।

आजदेखि शुरु भएको अफर आगामी मङ्सिर ३ गते सम्म चल्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मी ले बताएका छन् ।

अफर सम्बन्धि विस्तृत जानकारी र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर