जिसस ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन – Nepal Press

जिसस ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन

विराटनगर । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ ।

दुई वर्षदेखि प्याङ्क्रियाज क्यान्सर रोगबाट पीडित खनालको ७३ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार निधन भएको हो ।

उनी नेपाली कांग्रेसबाट निर्वाचित समन्वय प्रमुख भएका हुन् । खनाल ओखलढुंगा कांग्रेसका पुराना नेता खनाल हुन । उनका श्रीमती दुई छोरा र २ छोरी छन् । खनालको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर