पोखरा एयरपोर्टको उपकरणमा समस्या, काठमाडौंबाट उडेका जहाज डाइभर्ट – Nepal Press

पोखरा एयरपोर्टको उपकरणमा समस्या, काठमाडौंबाट उडेका जहाज डाइभर्ट

पोखरा । पोखराका लागि उडेका दुई जहाज अवतरण नगरी काठमाडौं फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान अवतरण नगरी डाइभर्ट भएका हुन् ।

पोखरा विमानस्थलले केही समय सञ्चार उपकरणमा समस्या आएको र अहिले समाधान भइसकेको बताएको छ ।

‘समस्या समाधान भइसक्यो, एकैछिन सानो फल्टमात्र भएको हो, त्यतिबेलै समाधान भइसक्यो  । उडान सुचारु छ’, प्रवक्ता जशोना रेग्मीले भनिन् ।


प्रतिक्रिया

One thought on “पोखरा एयरपोर्टको उपकरणमा समस्या, काठमाडौंबाट उडेका जहाज डाइभर्ट

  1. अनि यस्ता हवाईअड्डाले अन्तर्राष्ट्रिय उडान खोज्छन। फेरी त्यस्तै समस्या आए ती विमानहरू कता डाइभर्ट गर्ने हो? Backup system हुनु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर