एसियाडमा महिला कबड्डीतर्फ नेपालको पदक जित्ने सम्भावना बढ्यो – Nepal Press

एसियाडमा महिला कबड्डीतर्फ नेपालको पदक जित्ने सम्भावना बढ्यो

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालको पदक जित्ने सम्भावना बढेको छ ।

७ टोलीको मात्र सहभागिता रहेको महिला कबड्डीको आफ्नो पहिलो खेलमा नेपालले सोमबार बंगलादेशलाई हराएपछि नेपालले पदकको खडेरी चिर्ने सम्भावना देखिएको हो ।

नेपाल रहेको समूहमा इरान पनि छ । इरानसँग हारेपनि नेपाल सेमिफाइनल पुग्न सक्ने सम्भावना बलियो छ । सेमिफाइनल पुग्ने टोलिको कम्तीमा कास्य पदक पक्का हुने छ । बंगलादेशले समूहकै सबैभन्दा बलियो टोली इरानसँग खेल्न बाँकी छ । नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गर्‍यो ।

नेपालले जारी एसियाडमा पदक जित्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *