प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर
नेपाल प्रेस
२०८० असोज १५ गते १९:१२
काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक-असई दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो ।
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।
कार्कीलाई हुन सजाय निर्धारण हुन बाँकी छ।
प्रतिक्रिया
One thought on “प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटालाको आरोप लागेका असई कार्की दोषी ठहर”
Leave a Reply
सम्बन्धित खवर
ये कार्कि भाइ तिमिले यहि सिकेका हाै तिम्रा नेपाल प्रहरिकाे सँगठनबाट ? अब हावा खायर बस । तिम्रा सम्पति पनि छानबिन हुनेभाे ।