एमाले कोशी अधिवेशन: मजदुरमा ज्वालाले पाए सर्वाधिक मत
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतका साथ विजयी भएका छन् ।
असोज १५ गते राति १२ बजे प्रथक प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट राई लोकप्रिय मत ल्याउँदै विजयी भएका हुन् ।
राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयीहुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उपसचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बनेकी छिन् ।
तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहेका छन् । आमसञ्चार तथा पत्रकारितामा एम ए गरेका छन् ।
बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य छन् ।
९९७ प्रतिनिधिहरु सहभागी अधिवेशनमा ९७७ मत खसेको थियो खसेको मतमा ५० बढी मत बदर हुनसक्ने निर्वाचन समितिले जनाएकोछ । पदाधिकारी र समावेशी बाहेक अन्य क्लष्टरको अन्तिम परिणाम आउन बाँकी छ ।
यस अघि नै अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले, उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भइसकेकाछन् ।