एक रनको अन्तरमा २ विकेट गुमाएपछि नेपाल संकटमा – Nepal Press

एक रनको अन्तरमा २ विकेट गुमाएपछि नेपाल संकटमा

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल संकटमा देखिएको छ।

नेपालले १२ ओभरमा ४ विकेट गुमाएर रन जोडेको छ। नेपालका कुशल भुर्तेल २८, कुशल मल्ल २९ र आसिफ शेख १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।

७६ रनमा २ विकेटको स्थितीमा रहेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएपछि संकटमा परेको हो। भारतका रवि विस्नोइले ११ औँ ओभरमा मल्ल र पौडेललाई आउट गरे।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको छ।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *