नेता कार्यकर्तालाई माओवादीको निर्देशन – चाडपर्वमा जो जहाँ पुग्छौं त्यही पार्टीको अभियानमा लाग्नू – Nepal Press

नेता कार्यकर्तालाई माओवादीको निर्देशन – चाडपर्वमा जो जहाँ पुग्छौं त्यही पार्टीको अभियानमा लाग्नू

काठमाडौं । नेकपा माओवादी केन्द्रले चाडपर्वको बेलामा पनि ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ लाई नरोक्ने निर्णय गरेको छ।

आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले चाडपर्वको बेलामा पनि अभियान नरोक्न सर्कुलर पठाउँने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए।

उनले भने, ‘बैठकमा तीन महिने अभियानको बारेमा सामान्य कुरा उठ्यो। अब चाडपर्वको बेलामा सबै काठमाडौंमै बस्दैनन्। बाहिर जान्छन्। जोजो जहाँ जान्छन् त्यही नै अभियानमा समावेश हुने भनेर एउटा सर्कुलर हुन्छ।’

अभियानलाई थप प्रभावकारी बनाउनको लागि अब चाँडै बसेर समिक्षा गर्ने गर्ने कुरा भएको पनि बताए। माओवादीले जनताको घरघरमा गएर सुझाव र गुनासो सुन्नको लागि तीन महिने अभियान चलाइरहेका छ। अभियानका क्रममा २५ लाख मतदातासँग भेटेर ८ लाख पार्टी सदस्यता संख्या पुर्याउँने लक्ष्य लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर