प्रचण्ड पथगामीहरूलाई २५ प्रश्न
प्रचण्ड पथगामीहरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन् । गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन् । तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन् ।
तिनले, एक गल्तीले देशलाई पारेको अप्ठेरो र १०० गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउँदैनन् । ती सन्तुलन र वस्तुपरकताको आँखाबाट समाज, राजनीति र देशलाई हेर्नै सक्दैनन् ।
अपवादलाई छोडेर, नागरिक समाज तिनै प्रचण्ड पथगामीको हातमा छस मिडिया तिनकै गहिरो प्रभावमा छस लेखकरबुद्धिजीवी तिनकै छायाँमा छन् । फेरि जोड दिएँ- अपवादलाई छोडेर ।
अब प्रतिप्रश्न गरिदिने कसले ? अप्ठ्यारो तथ्य र सत्य कसले बोलिदिने ?
कमसेकम ती ‘अपवादहरू’ ले ‘प्रतिगामी र दास’ को आरोप आउला भनेर अब अफ्ठेरो मान्न भएन । देश संकटउन्मुख छ। पहिले पनि मैले लेखेको छु- हरेक शासनमा केही अप्रिय घटना घट्छन् । तिनको औचित्य दर्शाउन मिल्दैन तर हरेक शासनहरूलाई तदर्थतामा होइन, समग्रतामा तुलना गरिनु पर्छ ।
‘अपवादहरू’ ले अब ‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात प्रचण्ड पथगामीहरूलाई सोध्नु पऱ्यो :
१. अनाथ बालबालिकाका लागि दिएको बालमन्दिर कहिले खाइयो ?
२. उत्कृष्टता र इमानलाई लोप्पा खुवाउन कहिले शुरू गरियो ?
३. नेपाली-नेपालीबीच हत्या-हिंसा कहिले शुरू भयो ?
४. १७ हजार नेपाली कहिले मरेरु किन मारिए ?
५. हजारौँ अङ्गभङ्ग कहिले भए ?
६. लाखौँ विस्थापित कहिले भए ?
७. दण्डहिनता कहिले बढ्यो ?
८. शहरहरू सुकुम्बासी वस्तीमा कहिले परिणत हुन थाले ?
९. काठमाडौँ उपत्यका, पोखरा, सुर्खेतका जस्ता भू-उपयोग तथा सहरी व्यवस्थापनका योजना ध्वस्त कहिले पारियो ?
१०. गाऊँमा नेपाली मारिँदै गर्दा संसदमा पुरूष सांसदले सुत्केरी भत्ता कहिले खाए ?
११. पजेरोरलाउडारधमिजा काण्ड कहिले भयो ?
१२. केही होइन, दर्जनौँ होइन -सयौँ भष्ट्राचारको काण्ड कहिले भयो ?
१३. कुशासनले पराकाष्ठा कहिले छोयो ?
१४. नेता नचिने सरकारी अस्पतालमा बेड नपाउने स्थिति कहिले बन्यो ?
१५. उपचार खर्च तिर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर मर्नुपर्ने स्थिति कसले बनायो ?
१६. सार्वजनिक शिक्षाको स्तर क-कसका कारण पतन भयो ?
१७. प्रहरी, प्रशासन, न्यायलय, अख्तियार लगायत राज्यका हरेक महत्वपूर्ण संस्था क्षयिकृत कहिले भए ?
१८. अन्तर्राष्ट्रिय छवि पूर्ण रूपमा कहिले ध्वस्त भयो ?
१९. विदेशी प्रभाव सधैँ थियो, तर विदेशीको तलुवा चाट्ने काम कहिले शुरू भयो ?
२०. एउटा राजाको ठाऊँमा एक हजार राजा कहिले जन्मिए ?
२१. देशमा धार्मिकरजातीय संवेदनशीलता र हिंसा कहिले बढ्यो ?
२२. देशको ऋणभार तिब्र रूपमा कहिले चढ्यो ?
२३. देश असफल राष्ट्रको संघारमा कहिले पुग्यो ?
२४. यी सबै प्रश्नको दोष धर्ती जस्तै सबै सहेर बसेका ती एकजना राजा (ज्ञानेन्द्र) लाई लगाएर बसेर प्रचण्ड पथगामीहरू चोखिन मिल्छ ?
२५. अनि ९४ प्रतिशत जनमत लिएर बसेका दलहरूले ६ प्रतिशत मत लिएर बसेको दल ९राप्रपा० लाई जनमत भड्काएको भनेर दोष लगाउन मिल्छ ?
माथिका प्रश्न गर्नुको अर्थ पञ्चायत ठीक थियो, प्रजातन्त्र ठीक भएन भन्ने होइन । ती प्रश्न गर्नुको अर्थ २०४६ सालपछि नेपालमा केही पनि उपलब्धि हासिल भएन भन्ने पनि होइन । तर, एउटा कुरा सत्य चाहिँ के हो भने, २०४६ साल यता ‘राष्ट्र र राज्य’ का रूपमा नेपालको क्षयीकरण र पतन क्रमिकरूपमा तीव्र छ । र, यो खतरनाक तहमा पुगिसकेको छ ।
अन्य धेरै कुरा सुधार्न सकिन्छ तर समग्रमा राष्ट्र र राज्य अति नै कमजोर र असफल भयो भने त्यसबाट देशलाई उठाउन हम्मेहम्मे पर्छ ।
गल्ती सबैले गरे । यहाँ कोही चोखो छैन । तर, सबैभन्दा बढी गल्ती हामीजस्ता आफूलाई जान्नेसुन्ने भन्ने पढेलेखेकाले गरे, जसले समाज र राजनीतिलाई आफ्ना विचार अनुरूप होइन देशको आवश्यकता अनुरूप निर्देशित गर्नुपर्थ्यो । त्यसैले म पढेलेखेको छु, मैँ जान्ने-मैँ बुझ्ने भनेर आफ्नै विचारले मात्र देशलाई डोर्याउने प्रयास अब बन्द गरौं । हामी हरेकको विचारभन्दामाथि देश छ ।
स्थिति नियन्त्रणभन्दा बाहिर जानु अगाबै ‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात् प्रचण्डपथगामी सबै राजनीतिक दल र नागरिक समाजले विवेक पुर्याएर नवीनसमझदारी मार्फत् राजा र राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास नगर्ने हो भने हाम्रा आ-आफ्ना विचार त रहलान्, तर देशचाहिँ अझ गहिरो संकटमा फस्नेछ ।
‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात प्रचण्डपथगामीहरूलाई आग्रह छस् सबैले तीव्ररूपमा दानवीकरण गर्दागर्दै पनि राजा लोकप्रिय हुँदै गए भनेर आत्तिनु पर्दैन । त्यो राजाको दानवीकरणका लागि बनाइएका अनेकन् भ्रामक भाष्यहरू पछाडिको वास्तविक यथार्थ आम नागरिकले आफ्नै विवेकले बुझ्नुको र प्रचण्ड पथगामीहरूको असक्षमता, भष्टता र दूर दृष्टिहीनता उदाङ्गो हुनुको समुच्च परिणाम हो ।
देशलाई पूर्णत: असफल हुनबाट जोगाएर सही दिशामा डोर्याउन अब यो र त्यो भनेर झगडा गरेर बस्ने स्थिति छैन । सबैले सबैलाई क्षमा दिनै पर्छ । नवीन समझदारीबाहेक अर्को विकल्प छैन ।