टिस्टा नदीको बाढीमा कम्तीमा २३ भारतीय सैनिक बेपत्ता – Nepal Press

टिस्टा नदीको बाढीमा कम्तीमा २३ भारतीय सैनिक बेपत्ता

काठमाडौ । भारतको सिक्किमस्थित टिस्टा नदीमा आएको बाढीमा कम्तीमा २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् ।

नदीमा पानीको सतह १५ देखि २० फिटसम्म बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । रक्षा मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लाचेन उपत्यकामा भएको उक्त घटनामा सेनाका सवारी साधनहरू पनि बगेको र खोजी भइरहेको उल्लेख गरेको छ ।

हिमताल फुटेर अचानक बाढी आएको प्रारम्भिक अनुमान छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर