निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, सचेत बनौं : केपी ओली – Nepal Press

निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, सचेत बनौं : केपी ओली

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहीत स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए ।

मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशील विषय उनको भनाइ छ । कुनै पनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचेजस्तो सहज ओलीले बताए । नेपाललाई हिन्दू राष्ट्र बनाउन संसदको दुईतिहाई मत चाहिने उनको प्रष्टोक्ति थियो ।

विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने उनको भनाइ छ । ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुँदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ ? भनेर प्रश्न गरे ।

कोशी प्रदेशमा मध्यावधि निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै उनले यसका लागि राजनैतिक दलहरू संवेदनशील हुनुपर्ने बताए । दलहरू मिल्नुको विकल्प नभएकाले मध्यावधि बाटो जान नहुने ओलीले बताए । यदि निर्वाचन भइहाले बहुमत ल्याउनेमा एमाले ढुक्क रहेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर