पाँच देशका मुद्रासहित त्रिभुवन विमानस्थलबाट ७० वर्षीय अमेरिकी पक्राउ
नेपाल प्रेस
२०८० असोज १७ गते १७:३१
काठमाडौं । अवैधरूपमा विदेशी मुद्रा लैजान खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० वर्षीय अमेरिकी नागरिक पक्राउ परेका छन् ।
डेभिड एलान हारउडको साथबाट नेपालसहित पाँच देशको मुद्रा बरामद भएको त्रिभुवन विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार हारउडको साथबाट ११५ अमेरिकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ र नेपाली रूपैयाँसहित ६ लाख ७ हजार ४ सय ९६ रूपैयाँ ७० पैसा नेपाली रूपैयाँ बराबरको रकमको बरामद भएको छ ।
हारउडलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर