करातेमा पनि नेपालको खराब सुरुवात, एकल कातामा दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिए
काठमाडौं । चीनमा जारी एसियाली खेलकुद(एसियाडअन्तर्गत पदकको आशा गरिएको करातेमा नेपालको खेल बिहीबारदेखि सुरु भएको छ ।
तर करातेको पहिलो दिन नेपालका लागि सुखद रहन सकेको छैन । एकल कातामा नेपालका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
पुरुष एकल कातामा सोनिम मानन्धर र महिला एकल कातामा एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गरेका थिए । उनीहरू दोस्रो चरणका लागि छनोट हुन सकेनन् ।
नेपालले करातेको कुमुतेतर्फ बिहीबार पुरुष ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छ ।
नेपालका मोहम्मद सेखु आलमले प्रतिस्पर्धा गर्दैंछन् । नेपालले अन्तिम पटक सन् २०१४ को इन्चोन एसियाडमा करातेतर्फ कास्य जितेको थियो ।