राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेट (तस्बिर/भिडिओ)
निङ्ची, तिब्बत । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेट भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहित डेलिगेसन तहको भेट भएको हो ।
अर्यालले नी हाउ भन्दा वाङ यीले नमस्ते भनेर कुरा सुरु गरेका थिए।
तिब्बती सहर निङ्चीमा आयोजना भएको तेस्रो चीन तिब्बत हिमालय पार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा आएका वाङ यी र अर्यालको साइडलाइन भेट भएको हो ।
मञ्चको उद्घाटनपछि १२ बजे भएको भेटमा दुई देशको सम्बन्ध बारेमा छलफल भएको हो । डेलिगेसन तहको भेटमा भएको छलफलमा अर्यालले अङ्ग्रेजी र चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ भाषामा सम्बोधन गरेका थिए ।
अर्यालले चीनले विकासमा राम्रो फड्को मारेको देखी नेपाललाई हार्दिन सहयोग गरेको बताइन् । याङ यीले नेपाल र चीन पहाड हिमाल र खोलाले जोडिएको देश भएको मञ्चमा नेपाल प्राकृतिक साजेदार भएको बताए ।
वाङ यीले मञ्चको औपचारिक कार्यक्रममा सम्बोधन गर्दै हालसालै प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा हुँदा नेपाल चीन हरित सम्झौता भएको पनि उल्लेख गरेका थिए ।
दुई दिने विश्व मञ्चमा नेपाल, भुटान, श्रीलङ्का, चिली, नर्वे, अफगानिस्तान, पाकिस्तान, इटाली आदि देशका नेतृत्वहरूको भेला रहेको छ । सन २०१८ मा पहिलो पटक यो मञ्चको कार्यक्रम आयोजना भएको थियो ।
दोस्रो कार्यक्रम सन २०१९ मा भएको थियो। कोभिडले गर्दा कार्यक्रम चार बर्स धकेलिएर आजबाट तेस्रो पटक आयोजना भएको हो ।
मञ्चको उद्घाटन अगाडिको साँझ आयोजना भएको कार्यक्रममा पोखराको पर्यटन गीत प्रस्तुत गरिएको थियो ।
पोखरा र तिब्बती सहर नाङ्चीको भगिनी सम्बन्ध भएकोले प्रस्तुति भएको हो ।