टेलिकमको निमित्त निर्देशक संगीता पहाडी अर्यालद्वारा पदभार ग्रहण – Nepal Press

टेलिकमको निमित्त निर्देशक संगीता पहाडी अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् ।

कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी उनलाई बुधबार नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।

निर्णयअनुसार संगीतालाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि नियुत्त गरिएको हो । संगीताले पदभार ग्रहण गर्दै सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर