यस्तो बन्यो गण्डकी एमालेको नयाँ टीम, पदाधिकारीमा पीएस गुटको वर्चस्व (सूचीसहित)
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट प्रदेश कमिटीको पदाधिकारीहरूमा उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङ पक्षको प्यानलै विजयी भएका छन् ।
स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका उम्मेदवारलाई पराजित गर्दै पीएस पक्षका उम्मेदवार विजयी भएका हुन् ।
अध्यक्षमा पीएस पक्षका नवराज शर्मा विजयी भएको छन् । उनले खगराज पक्षका मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पीएस पक्ष प्यानलकै मीनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्याशी खगराज पक्षका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।
सचिवमा पीएस पक्षका धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा पीएस पक्षका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्याशी सन्तोष रावलले ३ सय ९७ मत ल्याए ।
उपसचिव महिलातर्फ पीएस पक्षकी मञ्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा खगराज पक्षकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
पीएस र खगराज पक्ष अधिवेशनमा प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । अधिकांश सदस्यमा पनि पिएस पक्ष विजयी भएका छन् ।
बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।
यस्तो छ १६२ पदका लागि भएको निर्वाचन परिणाम