एमाले सांसद पन्त भन्छन्- सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसद् मान्न बाध्य छैन (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसद् मान्न तयार नभएको बताएका छन् ।
प्रतिनिधिसभामा विधेयकमाथि छलफलको सांसद पन्तले विधेयक सांसदले आफ्नो विवेकले बनाउने बताए ।
उनले भने, ‘सरकारले कुनै विधेयक ल्याउँदा आवश्यक सबै प्रक्रिया पूरा गरेर ल्याउनुपर्छ । संसदमा विधेयक दर्ता गर्ने अनि विधेयक र संसदको भावनाविरुद्ध बाहिर आन्दोलन भयो भनेर त्यो विधेयकमा हाल्ने भनेर बाहिर सम्झौता गर्दै हिँड्नु उपयुक्त होइन । त्यो सम्झौता गर्ने भए विधेयक पेश गर्नुअघि नै राखेर पेश गर्नुपर्छ । यो त सरकारले संसद्लाई अफ्ठ्यारो पार्ने काम गर्यो । शिक्षकहरूसँग गरेको सम्झौता यो विधेयकमा कसरी कर्पोरेट हुन्छ ?’
उनले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदमा मान्न बाध्य नभएको बताए।