सुदूरपश्चिमका एमालेजनले यो फरक सन्देश दिन सक्लान् ? – Nepal Press

सुदूरपश्चिमका एमालेजनले यो फरक सन्देश दिन सक्लान् ?

प्रदेश अधिवेशनहरूबाट एमालेमा नेतृत्व कार्यकर्ताप्रति र कार्यकर्ता नेतृत्वप्रति विश्वस्त छैन भन्ने कुराको सन्देश गएको छ ।

‘एमाले कर्णाली अधिवेशन : मतगणनास्थत बाहिर तोडफोड’ असोज १५ गते एक अनलाइन पोर्टलमा यो शीर्षकको समाचार आयो । के रहेछ भनेर हेर्दा ‘निर्वाचन समिति लाचार भयो, मतगणना गराउन सकेन, हामीलाई भित्र जान दिएन’ भनेर एमालेका युवा विद्यार्थीहरुले तोडफोड गरेका रहेछन् ।

सोही दिन कोशी प्रदेशको पनि यस्तै समाचार आयो एमाले कोशी अधिवेशन : कडा सुरक्षा घेरामा मतगणना सुरु’ । यसमा मतगणना गर्दा आफ्नै पार्टीका कार्यकर्ताले खसालेको मत आफ्नै पार्टीका कार्यकर्ताबाट असुरक्षित देखेपछि नेतृत्वले प्रहरीलाई गुहारेको रहेछ ।

यी दुई घटनाले करिब दुई वर्षअघि कैलालीको घटनालाई स्मरण गरायो । २०७८ साल पुस २५ गते कैलाली जिल्ला अधिवेशन हुँदा दुई पक्षबीच झडप भएको थियो । मतदान गर्न ढिलो भएको भन्दै मतदानकै लागि तयार गरेर राखिएका मतपेटिका समेत तोडफोड गरेका थिए एमाले कार्यकर्ताहरूले ।

पछिल्ला केही वर्षयता एमालेका लागि यी प्रतिनिधि घटना हुन् । यस्ता घटना हरेक अधिवेशनमा हुने गरेका छन् । यो विषय एमाले नेतृत्वको लागि लज्जाको विषय त हो नै, त्यसको साथसाथै “फलामे अनुशासनमा” हुर्किएका केही पुराना वैचारिक कार्यकर्ताहरूलाई पीडा बोध हुने विषय पनि हो ।

प्रदेशका अधिवेशनहरू सम्पन्न हुने क्रममा छन् । तर यी प्रदेश अधिवेशनहरूबाट एमालेमा नेतृत्व कार्यकर्ताप्रति र कार्यकर्ता नेतृत्वप्रति विश्वस्त छैन भन्ने कुराको प्रष्ट सन्देश गएको छ ।

एमालेले २०८० लाई अधिवेशन वर्षको रूपमा मनाउने उद्घोष गरेअनुरूप हाल प्रदेश अधिवेशनहरू चलिरहेका छन् । प्रदेश अधिवेशनहरू एमालेका लागि नौलो अभ्यास पनि हुन् । देश संघीय संरचनामा गइसकेपछि एमालेले पार्टीलाई पनि संघीय संरचनामै ढालेको थियो तर अधिवेशनकै अभ्यास भने पहिलो पटक गर्दै छ ।

विभिन्न प्रदेशका अधिवेशनहरू सम्पन्न हुने क्रममा छन् । तर यी प्रदेश अधिवेशनहरूबाट एमालेमा नेतृत्व कार्यकर्ताप्रति र कार्यकर्ता नेतृत्वप्रति विश्वस्त छैन भन्ने कुराको प्रष्ट सन्देश गएको छ ।

एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन पनि असोज २१ र २२ गते कैलालीको धनगढीमा हुने भएको छ । प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको कार्य सम्पन्न भएको छ । प्रदेश कमिटीले सबै स्थानीय तहमा एकै दिन सोमवार प्रतिनिधि छान्नु पर्ने निर्देशन गरेको भए पनि सहमति जुट्न नसक्दा केही ठाउँमा बुधवारसम्म प्रतिनिधि चयन भए । यद्यपि प्रतिनिधि चयन सर्वसम्मत गराउने एमालेको प्रयास थियो, त्यो हुन सकेन । एमाले इतिहासको पहिलो प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न होस् शुभकामना छ ।

‘नीति प्रधान कि नेतृत्व प्रधान’ भन्ने बहस नेपालका कम्युनिष्ट अव देखावटी मात्रै भइसकेको छ । यो अधिवेशन पनि त्यो भन्दा पर जाने छैन भन्ने कुरा प्रष्टै छ । हालसम्म सम्पन्न भएका प्रदेश अधिवेशनले यही सन्देश दिएको छ ।

अधिवेशन भन्ने बित्तिकै यसले पक्कै पनि नयाँ नेतृत्व चयन गर्नेछ । एमालेभित्र आठौँ महाधिवेशन यताका सबै तहका अधिवेशनहरू नीति, बिचार, सिद्धान्त भन्दा बढी नेतृत्व चयनमै केन्द्रित हुन्छन् । औपचारिकता पुर्‍याउनका लागि सांगठनिक, राजनीतिक तथा आर्थिक प्रतिवेदनहरू पाठ हुन्छन् तर त्यो सुन्नु पर्ने, बहस छलफल गर्नु पर्ने मान्छेहरू नेतृत्व चयनको अभ्यासमा लागि सकेका हुन्छन् ।

‘नीति प्रधान कि नेतृत्व प्रधान’ भन्ने बहस नेपालका कम्युनिस्ट अव देखावटी मात्रै भइसकेको छ । यो अधिवेशन पनि त्यो भन्दा पर जाने छैन भन्ने कुरा प्रष्टै छ । हालसम्म सम्पन्न भएका प्रदेश अधिवेशनले यही सन्देश दिएको छ ।

कम्युनिस्ट पार्टीको आत्मा भनेको बिचार हो । त्यो बिचार ‘मार्क्सवाद लेनिनवाद हो ।’ उहिलेका कम्युनिष्ट कार्यकर्ताहरू भन्ने गर्थे ‘हरेक जीवन्त कम्युनिष्ट पार्टीमा मार्क्सवादको कसीमा रहेर दुई लाइन संघर्ष हुन्छ, दुई लाइन संघर्ष भएन भने पार्टी जीवन्त रहन सक्दैन ।’ तर पछिल्लो समयमा कम्युनिष्ट पार्टीहरूमा न त बिचारको प्रधानता रह्यो न यही दुई लाइन संघर्ष भन्ने नै रह्यो ।

राज्य सञ्चालनको प्रक्रियामा सामेल भएका नेपालका कम्युनिस्ट पार्टीहरू व्यक्तिगत स्वार्थका लागि सत्ता टिकाउने, त्यसका लागि गुट तयार गर्ने, गुट पाल्नका लागि कमिसनको चक्करमा लाग्ने कार्यमा सक्रिय छन् ।

व्यक्ति पूजामा रमाउने बानी परेका कम्युनिष्टहरुले अव वैचारिक बहसमा ध्यान दिन्नन्, बरु अधिवेशनका नाममा तडकभडक देखाउन र व्यक्तिका पुतलाहरू सजाउनमा बढी समय खर्चिन्छन् । यही कारण हो कि नेपालमा संख्यात्मक रूपमा कम्युनिष्टहरु अहिले पनि बहुमत नजिक छन् तर एकजुट भएर सत्ता सञ्चालन गर्न सक्दैनन् ।

सन् १९२१ आसपास चेन दुहिऊ र ली दहृयाजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिष्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान् एवम् एक्लो पार्टी छ । १९३० तिर स्थापना भएको ‘कम्युनिष्ट पार्टी अफ भियतनाम’ पनि हालसम्म एकाकार रूपमा छ । उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सामर्थ्य राख्छ ।

तर नेपालका कम्युनिष्टहरुले कि त दक्षिणपन्थीहरूको वैशाखी बनिदिनु पर्ने, कि उनीहरूको सहारा लिएर केही दिन कुर्चीमा टिक्नु पर्ने अवस्था छ । ‘जसरी पनि’ सत्तामा पुग्ने वा टिक्ने (पार्टी सत्ता र राज्यसत्ता) प्रयास सधैँ गरिरहने र त्यसका लागि “टिम” होइन “गुट” बनाउने र एकले अर्कालाई निषेध गर्ने प्रवृत्ति हाबी भएको अवस्था अहिले छ ।

कम्युनिष्ट पार्टीका संगठनहरुमा कार्यकर्तालाई बोल्ने पूर्ण अधिकार दिनुपर्छ । जसलाई “जनवाद” भन्छन् कम्युनिष्टहरुले । लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास हुन्छ । यसको अर्थ छलफल र निर्णयमा जनवाद हो भने कार्यान्वयनमा केन्द्रीयता हुन्छ । जनवाद बिनाको केन्द्रीयता भनेको नौकरशाहीको हातको केन्द्रीयता जस्तै हो भनिन्छ । कम्युनिस्ट पार्टी लोकतान्त्रिक विधि र पद्धतिबाट चल्नु पर्छ र जसका लागि जनवादी केन्द्रीयताको सही व्याख्या हुनु पर्छ ।

सन् १९२१ आसपास चेन दुहिऊ र ली दहृयाजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिष्ट पार्टी अफ चाइना’ अझै त्यहाँको सर्वशक्तिमान् एवम् एक्लो पार्टी छ । १९३० तिर स्थापना भएको ‘कम्युनिष्ट पार्टी अफ भियतनाम’ पनि हालसम्म एकाकार रूपमा छ । उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौती दिने सामर्थ्य राख्छ ।

तर नेपालका कम्युनिष्टहरुले कि त दक्षिणपन्थीहरूको वैशाखी बनिदिनु पर्ने, कि उनीहरूको सहारा लिएर केही दिन कुर्चीमा टिक्नु पर्ने अवस्था छ । ‘जसरी पनि’ सत्तामा पुग्ने वा टिक्ने (पार्टी सत्ता र राज्यसत्ता) प्रयास सधैँ गरिरहने र त्यसका लागि “टिम” होइन “गुट” बनाउने र एकले अर्कालाई निषेध गर्ने प्रवृत्ति हाबी भएको अवस्था अहिले छ ।

पार्टीभित्र नेतृत्व कब्जा गर्ने र कमिटीमा आफ्नो वर्चस्व राख्न हाल भइरहेको टकराब जनवादी केन्द्रीयताको सिद्धान्तको विपरीत कुरा हो । संगठनभित्र नाम मात्रको जनवादले कम्युनिष्ट पार्टी बलियो हुन सक्दैन । यसले निरंकुश प्रवृत्तिलाई अझ बलियो बनाउँछ र बिचार भन्दा व्यक्ति प्रधान पार्टी बन्छ । एमालेभित्रको अहिले मुख्य समस्या पनि यही हो ।

संगठन छ, बिचार छैन, कार्यकर्ता छन् अनुशासन छैन, गुट छ टिम छैन, केन्द्रीयता छ जनवाद छैन । अनि कसरी कम्युनिष्ट पार्टी भनेर फुर्ती लगाउनु ? नेतृत्वले कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन चाहेको जस्तो पनि देखिएन । प्रशिक्षणको नाममा एक हुल कार्यकर्ता जम्मा गर्‍यो अनि अर्को पार्टीको, अर्को नेताको आलोचना गर्‍यो, गाली गर्‍यो, सकियो । आफ्नो पार्टीको बिचार के हो, सिद्धान्त के हो, मार्गदर्शन के हो, कार्यक्रम के हो, केही भन्नु परेन ।

पार्टीभित्र फरक बिचार र फरक बिचार राख्ने व्यक्तिको व्यवस्थापन पनि महत्वपूर्ण कुरा हो । यसले सामूहिक नेतृत्वको ग्यारेन्टी गर्छ । कमिटीभित्र एक व्यक्तिको मात्रै हालीमुहाली भइरहने हो भने वैचारिक बहसले स्थान पाउँदैन । अहिलेको एमाले यस्ता कयौँ प्रश्नहरूको घेरामा छ । नेतृत्वको आलोचना गर्नेहरू सबै पार्टी विरोधी हुँदैनन् र आलोचनासँग डराउने नेतृत्व लोकतान्त्रिक हुनै सक्दैन ।

पार्टीभित्र नेतृत्व कब्जा गर्ने र कमिटीमा आफ्नो वर्चस्व राख्न हाल भइरहेको टकराब जनवादी केन्द्रीयताको सिद्धान्तको विपरीत कुरा हो । संगठनभित्र नाम मात्रको जनवादले कम्युनिष्ट पार्टी बलियो हुन सक्दैन । यसले निरंकुश प्रवृत्तिलाई अझ बलियो बनाउँछ र बिचार भन्दा व्यक्ति प्रधान पार्टी बन्छ । एमालेभित्रको अहिले मुख्य समस्या पनि यही हो ।

यस्तो परिवेशमा एमालेमा रातारात चमत्कार हुन्छ भन्ने विश्वास गर्न त गार्‍हो होला । तर, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनले नयाँ सन्देश दिन सक्नु पर्छ । सुदूरपश्चिमबाट पार्टीले केही अनुसरण गर्ने गरी यो अधिवेशन सम्पन्न होस् भन्ने पनि हो । पछिल्लो समयमा एमाले मात्रै होइन्, नेपालका राजनीतिक दलहरूमा संगठनात्मक अनुशासनको खडेरी छ, टिम भन्दा गुट बलियो बन्ने प्रवृत्ति अन्य पार्टीहरूमा पनि मौलाएको छ । राजनीतिक कार्यकर्ता होइनन् हनुमान÷चाकरहरू उत्पादन गर्ने कारखाना जस्तै भएका छन् दलहरू ।

त्यसैले एमालेको यो अधिवेशनले अन्य पार्टीलाई पनि सन्देश दिने गरी नयाँ पुस्तालाई केही सिकाउन सक्नु पर्छ । एमाले केन्द्रले निर्देशन गरेजस्तो नेतृत्व चयन सर्वसम्मत हुन सम्भव छैन र नेतृत्व चयनका लागि प्रजातान्त्रिक अभ्यास हुनु कम्युनिष्टहरुका लागि अन्यथा पनि होइन । तर, प्रजातान्त्रिक अभ्यास साँच्चै प्रजातान्त्रिक हुनु पर्छ र प्रक्रिया र परिणाम सबैले पचाउन सक्ने हुनुपर्छ ।

एक कम्युनिष्ट पार्टीको चुनाव गराउनका लागि हतियारधारी प्रहरीको घेरा हुनु जस्तो लज्जास्पद कुरा अरू केही हुन सक्दैन । पार्टीको आन्तरिक चुनाव गराउनका लागि प्रहरीको घेरा चाहिँदैन भन्ने सन्देश दिन सक्नुपर्छ । प्रजातान्त्रिक दलले जनता र पार्टी कार्यकर्ताहरूको मतको सुरक्षा आफै गर्न सक्छ भन्ने कुराको सन्देश दिन सक्नु पर्छ ।

पार्टीभित्र फरक बिचार र फरक बिचार राख्ने व्यक्तिको व्यवस्थापन पनि महत्त्वपूर्ण कुरा हो । यसले सामूहिक नेतृत्वको ग्यारेन्टी गर्छ । कमिटीभित्र एक व्यक्तिको मात्रै हालीमुहाली भइरहने हो भने वैचारिक बहसले स्थान पाउँदैन । अहिलेको एमाले यस्ता कयौँ प्रश्नहरूको घेरामा छ । नेतृत्वको आलोचना गर्नेहरू सबै पार्टी विरोधी हुँदैनन् र आलोचनासँग डराउने नेतृत्व लोकतान्त्रिक हुनै सक्दैन ।

नेतृत्व चयनका लागि निर्वाचन हुँदैमा पार्टीभित्रको सम्बन्ध बिग्रिहाल्छ भन्ने पनि हुँदैन । त्यसैले निर्वाचन निर्वाचन जस्तो हुने गरी कार्यकर्ताहरूलाई यो अधिवेशनले सिकाउन सकोस् । हार्ने र जित्ने दुवै पक्षले निर्वाचनको परिणामलाई सहजै र सामान्य रूपमा स्वीकार गर्न सक्ने वातावरण बनाउन सिकाउन सकोस् । बहुमतले अल्पमतको कदर गर्दै संगठन निर्माणमा लाग्ने वातावरण बन्न सकोस् ।

दलभित्रैबाट स्वच्छ लोकतन्त्रको अभ्यास गरे संसदीय निर्वाचनमा पनि स्वच्छ अभ्यास हुन्छ भन्ने कुरा सिकाउन यो अधिवेशनले केही नयाँ सन्देश दिन सकोस् । सुदूरपश्चिमले पनि देशलाई केही सिकाउन सक्छ भन्ने सन्देश दिन सकोस्, शुभकामना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *