गण्डकी प्रदेश सभाका सबै विषयगत समितिका सभापतिमा निर्विरोध – Nepal Press

गण्डकी प्रदेश सभाका सबै विषयगत समितिका सभापतिमा निर्विरोध

पोखरा । निर्वाचन भएको करिब ९ महिनापछि गण्डकी प्रदेशसभाको ४ वटा विषयगत समितिले नेतृत्व निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले २, नेकपा एमाले र माओवादी केन्द्रले १-१ वटा समितिको सभापति लिने सहमतिअनुसार शनिवार उम्मेदवारी परेको हो ।

एकल उम्मेदवारी परेसँगै सभापति निर्विरोध हुने निश्चित भएको छ ।

अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ ।

लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो ।

नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका थिए । एकल उम्मेदवारी परेसँगै उनीहरू सभापति चयन हुने निश्चित भएको छ ।

साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापतिको टुंगो लागेको थिएन ।

सभापति औपचारिक घोषणा भने हुन बाकी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर