चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त भएका छन् ।
नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी ऐन २०७४ बमोजिम विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।
विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने जनाइएको छ ।
स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरूमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधि निर्धारण समेत गरिएको अध्यक्ष मल्ले बताए ।
अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिविधि, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसँग अनुभव आदानप्रदान समेत गर्ने बताए ।